सिद्धिचरण नगरपालिका–१० बेतेनीमा आगलागीमा परि आमा छोराको ज्यान गएको छ । आज दिउसाे बसाहा हरिबोले सामुदायिक वनमा लागेको आगो अनियन्त्रीत भएर बाहुनडाँडाका रेवति धमलाको खरबारीमा सल्केको थियो ।
काटेर राखेको खर घाँस जोगाउने क्रममा उनकी श्रीमती ५५ वर्षिय पुण्यमाया धमला र वर्ष १६ का छोरा कञ्चन धमलाको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक बालिस्टार सिंहले बताए ।
घटना बारे जानकारी हुन साथ थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि प्रहरी निरीक्षक सहितको टोली परिचालन भएकाे प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।
प्रतिक्रिया