शनिबार र बुधबार सातामा दुई दिन ओखलढुंगा सदरमुकाममा लाग्ने हाटबजार क्षेत्रमा राखिएको सामाग्री हटाउन अनुरोध गरिएको छ । बजार क्षेत्रमा व्यापारि तथा स्थानियले राखेको सामाग्री हटाउन सिद्धिचरण नगरपालिकाले आग्रह गरेकाे हाे ।
वडा तथा नगरपालिकाको अनुमति विना राखिएको व्यापारीक सामाग्री आगामी चैत २४ गते शनिबार भित्र हटार सहयोग गर्न सिद्धचरण नगरपालिकाले सामाजिक संजाल मार्फत अनुरोध गरेकाे छ ।
तोकिएको समय भित्र सम्बन्धीत व्यक्ति व्यवसायीले सामान नहटाय नगरपालिकाले जफत गर्ने सूचनामा जनाईएको छ । साप्ताहिक हाटमा व्यापार गर्ने व्यापारी र स्थानियले यसरी सामान राखेका हुन् ।
प्रतिक्रिया