जन्तरखानीमा घरमा आगलागी हुदा १० लाख क्षति

जन्तरखानीमा घरमा आगलागी हुदा १० लाख क्षति


भिजन समाचार
1.7k
Shares

गय राती सिद्धिचरण नगरपालिका–६ जन्तरखानीमा एक घरमा आगलागी हुदा १० लाख बराबरको क्षति भएको छ । जन्तरखानीकाे रांगेल बस्ने ५६ वर्षिय काजी शेर्पाको ढुङ्गा माटोले बनेको, जस्तापत्ताको छानो भएको दुई तले घरमा आगलागी भएर पुर्ण रुपमा जल्दा प्रारम्भिक अनुसन्धान अनुसार १० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक बालिस्टार सिंहले बताए ।
अस्थाई प्रहरी पोष्ट ठाडेबाट खटिएको प्रहरी र स्थानियले बिहान २ बजे आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट घर, घरभित्र रहेको अन्तपात, लत्ता कपडा, भाँडावर्तन र काठपात समेत पूर्णरुपमा जलेर नष्ट भएको प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।
मानविय र पशु चौपायामा क्षति नभएको प्रहरीले जनाएको छ ।