ओखलढुंगाकाे मानेभञ्ज्याङ गाउँपालिका-९ बालेथाम डाँडामा खानेपानी समस्या समाधान भएकाे छ । वर्षाैं देखि खानेपानीको चरम अभाव भाेग्दै आएका बालेथामडाँडा बासिकाे खानेपानी समस्या समाधान भएकाे हाे ।
साेही वडाकाे थलहरी देखि बालेथामडाँडा सम्मकाे लिफ्टिङ आयाेजना सम्पन्न भए सँगै गाउँ भन्दा घण्टाै टाढाकाे पानीको मुहानबाट खानेपानी बाेक्नु पर्ने बाध्यता हटेकाे स्थानीय कबिराज श्रेष्ठले बताए । थलहरि देखि करिब १२ सय ५० मिटर उकालो बालेथाम डाँडामा लिफ्टिङ मार्फत पानी उकालो तानिएकाे बालेथामडाडा खानेपानी जल व्यवस्थापन सामुदायिक संस्थाका अध्यक्ष शिव कुमार श्रेष्ठले बताए ।
यस आयाेजना मार्फत बालेथामडाडा, तिल्पुङ डाडा, फुस्रेडाडा, बाघपाईले र थलहरि गाउँका ८० घर परिवार लाभान्वित भएकाे अध्यक्ष श्रेष्ठले जानकारी दिए । मानेभञ्ज्याङ गाउँपालिकाकाे ३६ लाख १७ हजार अनुदान र उपभोक्ताकाे लगानी सहित ३९ लाख लागतमा आयाेजना सम्पन्न गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
खानेपानीको चरम अभाव भएका गाउँपालिकाका अन्य बस्तीहरुका लिफ्टिङ लगायतका आयाेजना सञ्चालनलाई पहिलाे प्राथमिकता दिईएकाे गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दम्दालीले बताए ।
खानेपानी आयाेजना समापन तथा उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष आश्रचन राई, पुर्व गाउँपालिका अध्यक्ष माेतिराज राई, वडा नं.९ का वडाअध्यक्ष पुर्ण बहादुर मगर र वडा नं.८का वडाअध्यक्ष भिम बलाम्पाकी मगर लगायत स्थानीयहरु उपस्थित भएका थिए ।
प्रतिक्रिया