महभिर सामुदायिक वनको चौधौं अधिवेशन बदर गर्न माग

महभिर सामुदायिक वनको चौधौं अधिवेशन बदर गर्न माग


भिजन समाचार
7.2k
Shares

ओखलढुंगाको मोलुङ गाउँपालिका–२ को महभीर हरियाली सामुदायिक वनको चौधौं अधिवेशन बदर गर्न माग गरिएको छ । विधान विपरित सामुदायिक वनको उपभोक्ता समिति अध्यक्ष नियुक्त गरिएको भन्दै जिल्ला प्रशासन कार्यालय ओखलढुंगामा अधिवेशन बदर गर्न माग गरिएको हो ।
उक्त सामुदायिक वनको नयाँ कार्यसमिति चयन गर्ने क्रममा सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष दिर्ग बहादुर खत्रीले हस्तक्षप गरि गैह्र उपभोक्तालाई अध्यक्ष बनाएको बताउदै अधिवेशन बदर गर्न जिल्ला प्रशासन कार्यालयमा मोलुङ गाउँपालिका–२ का लाल बहादुर सार्कीले निवेदन दिएका हुन् ।
आफु पनि अध्यक्षको आकांक्षि भएको र अधिकांश उपभोक्ता सदस्यहरुको आफुलाई समर्थन हुदाहुदै महासंघ जिल्ला अध्यक्ष खत्रीले गैह्रउपभोक्ता पार्वता दाहाललाई अध्यक्ष बनाएको लाल बहादुरको भनाई छ । दलितले उपभोक्ता समितिको नेतृत्व गर्न सक्दैन भन्ने मनसायले खत्रीले दाहाललाई अध्यक्ष बनाएको निवेदक सार्कीको आरोप छ ।
जिल्ला प्रशासन कार्यालयमा परेको निवेदन कार्यान्वयनको लागि डिभिजन वन कार्यालय पठाईएको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताए । अवैधानिक अधिवेशन बदर गरि पुन: अधिवेशन गराउन निवेदनमा माग गरिएको छ ।