ओखलढुंगामा घाँटीमा अण्डा अड्कीएर एक पुरुषको मृत्यु

ओखलढुंगामा घाँटीमा अण्डा अड्कीएर एक पुरुषको मृत्यु


भिजन समाचार
261.1k
Shares

ओखलढुङ्गामा घाँटीमा अण्डा अड्कीएर एक पुरुषको ज्यान गएको छ । उसिनेको अण्डा खाँदा घाँटीमा अड्कीएर जिल्लाको मोलुङ गाउँपालिका–२ रामपुरका ४५ वर्षीय काजी भुजेलको ज्यान गएको हो ।

शुक्रबार साँझ ६ बजेको समयमा बरुणेश्वर रामपुरको एक होटलमा अत्याधिक मदिरा सेवन गरि आफैले अण्डा उसिनेर खाने क्रममा घाँटीमा अड्किएर ढलेर बेहोस भएका भुजेलको उपचारका क्रममा ओखलढुङ्गा सामुदायिक अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएको प्रहरी निरीक्षक बालिस्टार सिंहले बताए । भुजेलको शवलाई पोस्ट मार्टम गरि आफन्तलाई जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।