ओखलढुंगामा रुख बाट लडेर कार्कीको मृत्यु

ओखलढुंगामा रुख बाट लडेर कार्कीको मृत्यु


भिजन समाचार
63.5k
Shares

ओखलढुंगाकाे चम्पादेवी गाउँपालिकामा रुख बाट लडेर एक जनाकाे मृत्यु भएकाे छ । चम्पादेवी गाउँपालिका-१० रानीवनका ४५ वर्षिय बसन्त कार्कीकाे रुखबाट लडेर मृत्यु भएकाे हाे ।

स्थानीय ध्रुब बोगटिको बारीमा रहेको पट्मेराेको रुखमा चढि घाँस काट्ने क्रममा रुखबाट लडि कार्कीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक बालिस्टार सिंहले बताए ।

प्रारम्भिक कानुनी प्रक्रिया पुरागरी शव परिक्षणका लागि रानिवन प्राथमिक स्वास्थ्य कार्यालय पठाईएकाे प्रहरी निरिक्षक सिंहले जानकारी दिए । घटनाका विषय थप अनुसन्धान भईरहेकाे प्रहरीले जनाएको छ ।