नेपालमा पिकलबलको अन्तर्राष्ट्रिय प्रतियोगिता सम्पन्न भएको छ । पिकलबल संघ नेपालले ‘नेपाल ओपन इन्टरनेशनल टुर्नामेन्ट–२०२४’ सञ्चालन गरेको हो ।
ललितपुरको सातदोबाटोस्थित टेनिस कोर्टमा फागुन २५ र २६ गते आयोजना भएको प्रतियोगितामा नेपालसहित १० राष्ट्रका १२० भन्दा बढी खेलाडीको सहभागिता जनाएको संघका उपाध्यक्ष उपाध्यक्ष टिकाराम भण्डारीले जानकारी दिए । प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको र यो खेलले नेपालमा पिकलबलको प्रवद्र्धनमा टेवा पुगेको उपाध्यक्ष भण्डारीको भनाई छ ।
नेपालकासहित बेलायत, अमेरिका, भारत, सिंगापुर, थाइल्यान्ड, पोर्चुगल र स्पेनका खेलाडीको सहभागी थिए । प्रतियोगितामा एमेच्योर, इन्टरमिडियट र एडभान्स गरी तीनवटा स्पर्धा समावेश गरिएको थियो । प्रतियोगितामा १९ वर्षभन्दा माथि, ३५ वर्षभन्दा माथि, ५० वर्षभन्दा माथि र ६० वर्षभन्दा माथिको उमेर समूहमा खेलाडीबिच प्रतिस्पर्धा भएको थियो ।
विश्व खेलकुदमा पुरानो खेल भएपनि नेपालका लागि भने पिकलबल नयाँ खेल हो । नेपालमा आयोजना भएको पिकलबलको यो नै पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । पिकलबल खेलको सुरुआत भने अमेरिकाबाट भएको हो । पिकलबल खेल टेबलटेनिस, टेनिस र ब्याडमिन्टनको मिश्रित स्वरुप हो ।
विश्वव्यापी रुपमा सबै उमेर समुहबीच लोकप्रिय पिकलबल खेललाई नेपालमा पिकलबल एसोशियशन नेपालले प्रवद्र्धन गरिरहेको पिकलबल एसोशियशन नेपालका अध्यक्ष मुकुन्दप्रसाद भण्डारीले बताए । फागुन २५ र २६ गते ललितपुरको सातदोबाटोस्थित टेनिस कोर्टमा भएको खेलको समापन सत्रका प्रमुख अतिथि नेपाल ओलम्पिक कमिटि अध्यक्ष एवं पूर्वमन्त्री जीवनराम श्रेष्ठले पिकलबलको थप प्रवद्र्धन आवश्यक रहेको बताए । उनले नेपालमा सुरुवात भएको पिकलबल खेल संरक्षण प्रवद्र्धनको अभियानमा सबै पक्षले हात्तेमालो गर्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा ओलम्पिक कमिटिका उपाध्यक्ष एवं टेनिङ संघका अध्यक्ष ज्योती राना लगायत सहभागि थिए ।
प्रतिक्रिया