लिखुमा अज्ञात रोगका कारण आठ पशु अचानक मरे

लिखुमा अज्ञात रोगका कारण आठ पशु अचानक मरे


भिजन समाचार
72k
Shares

ओखलढुंगाको लिखु गाउँपालिकामा अज्ञात रोगका कारण पशु चौपाया अचानक मरेका छन् । लिखु गाउँपालिका–२ सिंहदेवीका होमबहादुर तामाङको आठ वटा पशु चौपाया अचानक मरेका हुन् ।
तामाङले पालेका एउटा ब्याउन लागेको भैंसी, पाडो, थोरे, चार वटा खशी, एउटा बाख्रा अचानक मरेका छन् । लाखाैंकाे क्षती भएकाे छ । बाँकी रहेका अन्य पशु चौपायाहरु पनि विरामी अवस्थामा रहेको वडासदस्य कमला खड्काले जानकारी दिईन् ।

घटना स्थलमा पालिका बाट पशु चिकित्सक पठाईएकाे गाउँपालिका अध्यक्ष अशाेक कार्कीले बताए । केही दिन अघि लिखु गाउँपालिकामा खाेरेत राेग विरुद्धकाे खाेप अभियान सञ्चालन गरिएकाे थियाे । यही खाेपका कारण अचानक पशुचाैपाया मरेकाे हुन सक्ने स्थानियले आशंका गरेका छन् ।