लिखु गाउँपलिकामा पाँच शैयाको अस्पताल भवन निर्माण सम्पन्न भएको छ । वडा नं.४ यसममा सुविधा सम्पन्न पाँच शैयाको अस्पतालको भवन निर्माण सम्पन्न भएको हो । शनिबार निर्माण कम्पनी गौरा–बंगलामुखी जे.भी काठमाण्डौले कोशी प्रदेशका स्वास्थ्य मन्त्री प्रदिप कुमार सुनुवारकाे राेहबरमा उक्त नवनिर्मीत अस्पतालको भवन लिखु गाउँपालिकालाई हस्तान्तरण गरेको छ ।
निर्माण कम्पनीका प्रतिनिधी विजय सुनुवारले लिखु गाउँपालिकाका अध्यक्ष अशोक कार्कीलाई अस्पतालको साचो हस्तान्तरण गरेर भवन हस्तान्तरण गरेका हुन् । निर्माण कम्पनीले भ्याट सहित सात करोड २३ लाख ९९४.६४ पैसामा १८ महिनामा काम सम्पन्न गर्ने गरी २०७८ असोज ५ गते भवन निर्माणको जिम्मा लिएको थियो ।
भवन हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथी एवम् कोशी प्रदेश स्वास्थ्य मन्त्री सुनुवारले नागरिकको स्वास्थ्य उपचारमा सहज बनाईने बताएका छन् । यसका साथै दश वर्ष मुनीका बालकालिकालाई कोशी प्रदेशका पाँच वटा अस्पतालमा निःशुल्क उपचारका व्यवस्था गर्ने तयारी भएको जानकारी दिए । भवन हस्तान्तरणका कार्यक्रमको अवसरमा स्वास्थ्य मन्त्री सुनुवारले करिब चार लाख बराबरको अस्पताललाई आवश्यक ल्याबको सामाग्रि उपलब्ध गराएका छन् । चाढै अस्पताललाई अवश्यक जनशक्तीकाे व्यवस्था गर्न पहल गर्ने मन्त्री सुनुवारले प्रतिवद्धता गरेका छन् ।
तत्कालका लागि नवनिर्मीत अस्तालको भवन मार्फत आयुर्वेद, आँखा उपचार लगायतका उपचार सेवा सञ्चालन गरिने गाउँपालिका अध्यक्ष अशोक कार्कीले बताए । तत्काल आवश्यक उपकरण, औषधी र जनशक्तिको व्यवस्था गरी नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरिने गाउँपालिका अध्यक्ष कार्कीको भनाई छ । यसका लागि सम्बन्धीत मन्त्रालयहरुमा पहल भईरहेको अध्यक्ष कार्कीले जानकारी दिए ।
प्रतिक्रिया