स्कारपियो दुर्घटनामा चालकको मृत्यु, पाँच जना घाईते

स्कारपियो दुर्घटनामा चालकको मृत्यु, पाँच जना घाईते


भिजन समाचार
2.1k
Shares

ओखलढुङ्गाको मोलुङ गाउँपालिकामा भएको स्कारपियो जीप दुर्घटनामा चालक मोरङ पथरिका २६ वर्षिय गणेश रसाईलीको ज्यान गएको छ । विहिबार मोलुङ गाउँपालिका–५ प्राप्चा देखी सोही वडाको खोलाखर्क जादै गरेको बा २० च ४८६२ नम्बरको स्कारपियो दुर्घटनामा परेको हो ।


आयु मोलुङ हाईड्रोपावर कम्पनीका कर्मचारी लिएर जादै गरेको स्कारपियो घुम्तीमा अनिन्त्रीत भई सडक देखी करिब १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायब उपरिक्षक दिपक बहादुर केसीले बताए ।
दुर्घटनामा पाँच जना घाईते भएका छन् । घाईते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रनाउ केसीले बताए ।

तेह्रथुम जिल्लाको मन्छायाम गाउँपालिका–५ का वर्ष ३२ का यज्ञ प्रदास निरौला, भक्तपुर जिल्ला सल्लाघारीका ३८ वर्षिय मित्रलाल भुर्तेल, सिन्धुलीका ४५ वर्षिय सन्देश कार्की, ओखलढुङ्को मोलुङ गाउँपालिका–५ का ४० वर्षिय कुमार कार्की र सुनसरी रामधुनी नगरपालिका–४ का ३२ वर्षि अर्जुन दाहाल घाईते भएका छन् ।


गम्भीर घाईते भएका मित्रलाल भुर्तेल, सन्देश कार्की र कुमार कार्कीको थप उपचारका लागि हेलीकप्टर मार्फत काठमाण्डौ पठाईएको छ । सामान्य घाईते अर्जुन दाहाल र यज्ञ प्रसाद निरौलालाई थप उपचारका लागि ओखलढुङ्गा सामुदायिक अस्पताल पठाईएको प्रहरी नायब उपरिक्षक केसीले जानकारी दिए । गम्भीर घाईते भएकाहरुको टाउको, अनुहार तथा शरिरका विभिन्न भागमा गम्भीर चोट लागेको छ ।