तीन जिल्लाका भूपु सैनिकको ओखलढुंगामा सम्मेलन

तीन जिल्लाका भूपु सैनिकको ओखलढुंगामा सम्मेलन



दुर्गा बक्स गण ओखलढुंगामा भूपु सैनिकहरुको सम्मानका लागि भुतपुर्व सैनिक सम्मेलन गरिएको छ । नेपाली सेनाको भूतपूर्व सैनिक सम्मेलन–२०८० अन्तर्गत ओखलढुंगा, सोलुखुम्बु र खोटाङका पाँच वटा स्थानिय तहका करिब ७५० जना भूतपूर्व सैनिकहरुको सहभागितामा सम्मेलन गरिएको हो ।

सम्मेलनमा जेष्ठ भूपु सैनिकहरु सम्ममान, स्वाथ्य जाँच, औषधी वितरण र एक जनालाई ह्वील चियर वितरण गरिएको दुर्गा बक्स गण ओखलढुंगाका गणपति प्रमुख सेनानी प्रेम बहादुर गिरीले बताए । दुर्गा बक्स गण उप–केन्द्र ओखलढुंगामा सम्पन्न सम्मेलनमा तीन जिल्लाको पाँच पालिकाका गरि आठ सय भूतपुर्व सैनिकहरु सहभागी भएको गणपति गिरीको भनाई छ ।

नेपाली सेनामा रहेर देश र जनताको लागि अहोरात्र खटि निवृत भएका सैनिकहरुको सम्मानका लागि सम्मेलन आयोजना गरिएको दुर्गा बक्स गण ओखलढुंगाले जनाएको छ ।