ओखलढुंगाको मोलुङ गाउँपालिकामा भएको स्कारपियो गाडी दुर्घटना हुदा चालकको ज्यान गएको छ । मोलुङ गाउँपालिका–५ प्राप्चा देखी साेही वडाकाे खोलाखर्क जादै गरेको बा २० च ४८६२ नम्बरको स्कारपियो दुर्घटना हुदा चालक मोरङ पथरिका २६ वर्षिय गणेश रसाईलीको ज्यान गएको हो ।
आयु मोलुङ हाईड्रोपावर कम्पनीका कर्मचारी लिएर जादै गरेको स्कारपियो घुम्तीमा अनिन्त्रीत भएर सडक भन्दा करिब १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायब उपरिक्षक दिपक बहादुर केसीले बताए । दुर्घटनामा अन्य पाँच जना घाईते भएका छन् । घाईते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रनाउ केसीको भनाई छ ।
तेह्रथुम जिल्लाको मन्छायाम गाउँपालिका–५ का वर्ष ३२ का यज्ञ प्रदास निरौला, भक्तपुर जिल्ला सल्लाघारीका ३८ वर्षिय मित्रलाल भुर्तेल, सिन्धुलीका ४५ वर्षिय सन्देश कार्की, ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५ का ४० वर्षिय कुमार कार्की र सुनसरी रामधुनी नगरपालिका–४ का ३२ वर्षि अर्जुन दाहाल घाईते भएका छन् ।
दुर्घटनामा गम्भीर घाईते भएका मित्रलाल भुर्तेल, सन्देश कार्की र कुमार कार्कीको थप उपचारका लागि हेलीकप्टर मार्फत काठमाण्डौ पठाईएको प्रहरी नायब उपरिक्षक केसीले जानकारी दिए । उनिहरुको टाउको, अनुहार तथा शरिरका विभिन्न भागमा गम्भीर चोट रहेको छ । घटनाका विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
प्रतिक्रिया