दुर्गाबक्स गणमा बास्केटबल कोर्ट निर्माण

दुर्गाबक्स गणमा बास्केटबल कोर्ट निर्माण


भिजन समाचार
32.6k
Shares

नेपाली सेनाको दुर्गाबक्स गण ओखलढुंगामा बास्केटबल कोर्ट निर्माण गरिएको छ । गणपति प्रेमबहादुर गिरीको पहलमा बास्केटबल कोर्टको निर्माण गरिएको हो । शुक्रबार १८ नं. बाहिनी अड्डाका बाहिनीपति सहायक रथी मनोज वैदवारले उक्त नव निर्मित कोर्टको उद्घाटन गरेका छन् ।


बास्केटबल खेलको स्तर बढाउन गणमा निर्माण भएको बास्केटबल कोर्टले महत्वपुर्ण भूमिका खेल्ने रथी वैदवारको भनाई छ । आन्तरिक तथा बाहिरका खेलाडी मार्फत माग भए अनुसार बास्केटबल कोर्ट उपलब्ध गराइने गणपति गिरीले जानकारी दिए ।
बास्केटबल कोर्ट उद्घाटन कार्यक्रमको अवसरमा बाहिनीपति वैदवार मार्फत विभिन्न ट्रेडहरुमा उत्कृट कार्य सम्पादन गर्ने पाँच जनालाई पुरस्कृत साथै कदर पत्र मार्फत सम्मान गरिएको बताईएको छ ।