ओखलढुंगामा नगदसहित ६ जना जुवाडे पक्राउ

ओखलढुंगामा नगदसहित ६ जना जुवाडे पक्राउ


भिजन समाचार
54.9k
Shares

ओखलढुंगामा प्रहरीले नगदसहित ६ जना जुवाडे पक्राउ गरेको छ । सिद्धिचरण नगरपालिका वडा नं. ११ मिलनचोक स्थित माया होटलबाट चौतिस हजार छ सय बीस रुँपैया नगदसहित ६ जना पक्राउ परेका हुन् ।

होटलको भित्री कोठामा जुवातास खेलिरहेको गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले  खानतलासी गरी हारजीत हुनेगरी जुवा (तास) खेलिरहेको अवस्थामा फेलापारी जुवा खेल्न प्रयोग गरेका तीन गड्डी (बुक) तास, तास खेल्न प्रयोग गरेको कार्पेट एक थानसहित ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी बालिस्टार सिंहले भिजनलाई जानकारी दिए ।

पक्राउ पर्नेमा सिद्धिचरण नगरपालिका वडा नं. ३ घर भई हाल सिनपा ११ बस्ने वर्ष ५० का होटल साहु टिकाबहादुर गिरीसहित सिद्धिचरण नगरपालिका वडा नं. ३ का वर्ष २८ का  अरुण राई, सिनपा ३ कै वर्ष ३४ का मिलन तामाङ वर्ष ५५ का प्रेम बहादुर तामाङ, सिद्धिचरण नगरपालिका वडा नं. ८ बस्ने वर्ष ३९ का कुलदिप तामाङ र सिद्धिचरण नगरपालिका वडा नं. ५ बस्ने वर्ष ३७ का बुद्धिराज राई छन् ।

पक्राउ परेका उपर कानुन अनुसार कारबाही हुने प्रहरीले जनाएको छ ।