ओखलढुंगाका चार विद्यालयलाई सुविधा सम्पन्न भवन हस्तान्तरण

ओखलढुंगाका चार विद्यालयलाई सुविधा सम्पन्न भवन हस्तान्तरण


भिजन समाचार
2.9k
Shares

ओखलढुंगामा चार विद्यालयलाई सुविधा सम्पन्न भवन हस्तान्तरण गरिएको छ । केन्द्रिय आयोजना कार्यान्वयन इकाई ज्ञानेश्वरबाट ठेक्का मार्फत निर्माण सम्पन्न भएका चार विद्यालय भवन सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

जिल्लाको माम्खा माध्यमिक विद्यालय माम्खा, हिमालय माध्यमिक विद्यालय निशंखे, छात्र प्रगति मावि भदौरे र महेश्वर मावि भदौरेलाई निर्माण सम्पन्न सुविधासम्पन्न भवन हस्तान्तरण गरिएको शिक्षा विकास तथा समन्वय इकाई ओखलढुंगाका प्रमुख नेत्र प्रसाद गजुरेलले बताए ।

उनका अनुसार केन्द्रिय आयोजना कार्यान्वयन इकाई मार्फत केसी कन्स्ट्रक्सनले जिम्मा लिएर विद्यालय निर्माणको काम गरिरहेको छ ।

जिल्लामा ‘रेकन टु’ अन्तर्गतका १३ विद्यालयहरुको निर्माण कार्य भइरहेकोमा चार वटा हस्तान्तरण भएका छन् भने बाँकी विद्यालयको पनि निर्माण कार्य अन्तिम चरणमा पुगेको उनले बताए ।

नयाँ बनेका पक्की तथा सुविधासम्पन्न भवनबाट शिक्षण सिकाई क्रियाकलाप हुँदा विद्यार्थी र शिक्षकलाई सहज हुनुको साथै शैक्षिक गुणस्तर वृद्धिमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको इकाई प्रमुख गजुरेलको भनाई छ ।

७० करोड बढी लागतमा निर्माण भएका १३ विद्यालयहरुमा विद्यार्थीमैत्री फर्निचर, कर्मचारी आवास, सुविधायुक्त कार्यालय, अपांगमैत्री तथा आधुनिक शौचालय लगायतको सुविधा रहेको इकाईले जनाएको छ ।