ओखलढुंगामा ‘गणपति ट्रफि–२०८०’ सुरु

ओखलढुंगामा ‘गणपति ट्रफि–२०८०’ सुरु


भिजन समाचार
1.2k
Shares

ओखलढुंगामा ‘गणपति ट्रफि–२०८०’ सुरु भएको छ । नेपाली सेनाको दुर्गा बक्स गण ओखलढुंगाको आयोजनामा प्रतियोगिता शनिबारबाट सुरु भएको हो । एक कार्यक्रमका बिच गणपति एवम् प्रमुख सेनानी प्रेम बहादुर गरिले प्रतियोगिताको उद्घाटन गरेका छन् ।

आगामी माग ११ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको अवसरमा भलिबल, फुटबल, रनिङ लगायतका प्रतिस्पर्धा हुनेछन् । गणपति गिरीका अनुसार गणभित्र रहेका ६ वटा गुल्मको बिचमा आन्तरिक प्रतिपर्धा गराई उत्कृष्ट हुने गुल्मलाई पुरस्कृत गरिनेछ । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडी तथा सहभागीलाई गणको टिममा सामेल गराइने उनले जानकारी दिए ।

स्थापना दिवसको अवसरमा अगामी माग १४ गते विशेष समारोह हुनेछ । उक्त समारोहका बिच बर्षभरि उत्कृष्ट हुने खेलाडी, तालिम तथा विभिन्न क्रियाकलापमा उत्कृष्ट हुने सैनिकलाई सम्मानका साथै पुरष्कृत गरिने दुर्गा बक्स गणले जनाएको छ ।

नेपाली सेनाले विगतदेखि नै उक्त ट्रफि आयोजना गर्दै आएको छ ।