लुटपाट पछि वृद्धाको हत्या आरोपमा तीन जना पक्राउ

लुटपाट पछि वृद्धाको हत्या आरोपमा तीन जना पक्राउ


भिजन समाचार
155.5k
Shares

लुटपाट पछि बृद्धाको हत्या आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । ओखलढुंगाको मोलुङ गाउँपालिका–३ की ८२ वर्षिया बालामाया सुनुवारको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।
अनुसन्धानका लागि पक्राउ गरिएकाले पक्राउ परेकाहरुको पहिचान सार्वजनिक नगरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी, प्रहरी निरीक्षक बालिस्टर सिंहले बताए । सुनुवार गत ३० मंशिरमा आफ्नै घरभित्र झुण्डीएको अवस्थामा मृत फेला परेकी थिईन् । प्रारम्भीक अनुसन्धानका क्रममा लुटपाट पछि हत्या भएको हुनसक्ने प्रहरी र स्थानियले अनुमान गरेका थिए।
प्रहरीका अनुसार मृतक वृद्धा सुनुवारको मुख, कानको पछाडीको भाग, हातको औँलामा चोट तथा रगत देखिएको र घटना शंकास्पद पाईएको थियो । गहना तथा धनमाल लुटपाट पछि कसैले हत्या गरेको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान कार्यलाई तिब्र बनाईएको प्रहरी निरिक्षक सिंहले जानकारी दिए । बृद्धा घरमा एक्ले भएकाे समयमा घटना घटेकाे थियाे ।