उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगाले ‘सेवाग्राही टाइम कार्ड’ को व्यवस्था गरेको छ । सेवाग्राहीको सुविधा र सहजताका लागि मंसिर १० गतेबाट अदालतले यो व्यवस्था लागु गरेको हो ।
सेवाग्राही कार्यालयमा आउने बित्तिकै ‘टाइम कार्ड’ मा कति समय भित्र सेवा पाईसक्ने भन्नेबारे लखेर दिईने र उक्त समय भित्र सेवाग्राहीलाई सेवा प्रदान गरिने उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगाका रजिष्ट्रार बिष्णु प्रसाद पाण्डेले बताए ।
सेवाग्राहीले ‘टाइम कार्ड’ मा तोकेको समय भित्र सेवा नपाएमा सिधै रजिष्ट्रार समक्षा सुनासो राख्न सक्ने र तत्काल गुनासो सम्बोधन गरिने रजिष्ट्रार पाण्डेको भनाई छ ।
अदालतबाट सेवा पाउन ढिलासुस्ती र झण्झट हुन्छ भन्ने सेवाग्राहीको धारणामा परिवर्तन ल्याउँदै उनीहरुको सहजता र सुविधाका लागि यो सेवा सुरु गरिएको रजिष्ट्रार पाण्डेले बताए ।
मुद्धाका प्रकृति अनुसार छ महिना भित्र फछ्र्याैट गरिसक्नुपर्ने सरल मार्ग, एक बर्षभित्र फैसला गरिसक्नुपर्ने सामान्य मार्ग र १८ महिना भित्र फैसला गरिसक्नुपर्ने विशेष मार्ग हुने रजिष्ट्रार पाण्डेले जानकारी दिए ।
अदालतको तथ्यांक अनुसार १७९ मुद्धा चालु अवस्थामा रहेका छन् । आर्थिक बर्ष २०७९÷०८र्० बाट जिम्मेवारी सरि आएका १२० थान र नयाँ दर्ता १५६ गरि २७६ मुद्धा रहेकोमा हालसम्म १३० मुद्धा भने फछ्र्यौट भएका छन् । अदालतको तथ्याङ्क अनुसार यौजनन्य घटनाका मुद्धाको संख्या उच्च मात्रामा दर्ता भएका छन् ।
प्रतिक्रिया