पहिलो पटक ओखलढुंगामा गैरआवासीय नागरिकता वितरण

पहिलो पटक ओखलढुंगामा गैरआवासीय नागरिकता वितरण



ओखलढुंगामा एक युवाकले गैरआवासीय नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालय ओखलढुंगा मार्फत खिजिदेम्बा गाउँपालिका–१ का विनोद खड्काले गैरआवासिय नागरिकता लिएका हुन् ।
अमेरिका बस्दै आएका खड्कालाई गैरआवासीय नेपाली नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए । खड्काले पहिले बनाएको नागरिकता त्याग गरेसँगै नेपाल नागरिकता ऐनको तेस्रो संशोधन भईसकेपछिको व्यवस्था अनुसार उनलाई गैरआवासिय नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी बरालले बताए ।
सरकारले गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता प्रदान गर्नेव्यवस्था गरेपछि जिल्लाबाट गैरआवसीय नागरिकता लिने खड्का पहिलो व्यक्ति भएको कार्यालयले जनाएको छ । नेपालको संविधानको धारा १४ मा गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्न सकिने व्यवस्था छ ।