राष्ट्रिय परिचयपत्रका लागि २१ हजारको विवरण दर्ता

राष्ट्रिय परिचयपत्रका लागि २१ हजारको विवरण दर्ता


भिजन समाचार
3.2k
Shares

ओखलढुङामा असोज मसान्तसम्म राष्ट्रिय परिचयपत्रका लागि २१ हजार पाँच सय १६ जना नागरिकको विवरण सङ्कलन गरिएको छ ।

राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन भएका मध्ये तीन सय ६९ जनाले राष्ट्रिय परिचयपत्र लिएका छन् । जसमा दुई सय ७८ पुरुष र ९१ जना महिला रहेको जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले जनाएको छ ।

नाम दर्ता गराउने मध्ये ११ हजारको कार्ड बनेर आएको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताए । जिल्लामा ०७७ साउन १ गतेबाट राष्ट्रिय परिचयपत्र दर्ता कार्य सुरू भएको थियो ।

सरकारले पासपोर्ट बनाउन तथा अन्य सरकारी सेवाका लागि समेत राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेसँगै नाम दर्ता गराउनेको सङ्ख्या बढेको प्रमुख जिल्ला अधिकारी बरालले बताएका छन् ।

सरकारले दैनिक जीवनमा आवश्यक पर्ने सम्पूर्ण प्रशासनिक कामकाजका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गर्न लागेकाले सबै नागरिकहरूका लागि आवश्यक रहेकोले नेपाली नागरिकता प्राप्त गरेका सबैलाई राष्ट्रिय परिचयपत्रका लागि नाम दर्ता गराउन प्रमुख जिल्ला अधिकारी बरालले आग्रह गरेका छन् ।