बिजुलीको मिटरबक्स ल्याईदिन्छु भनेर मानेभञ्ज्याङ गाउँपालिका थाक्लेका सुमन बास्कोटाले असुलेर लगेको रकम फिर्ता भएपछि सुनकोशीको जेरुङघाटासी हर्षित भएका छन् ।
जिल्लाको सुनकोशी गाउँपालिका–४ जेरुङघाटका १४ घर परिवारलाई बिजुलीको मिटरबक्स ल्याईदिन्छु भनेर प्रति परिवार तीन हजारका दरले ४२ हजार रकम उठाएर बास्कोटा फरार भएका थिए ।
स्थानीयले प्रहरीमा उजुरी लिएर पुग्दा समेत बास्कोटाले बहाना बनाएर पैसा दिन आनाकानी गरेका थिए । गत बिहीबार भिजन समाचारमा बिजुलीको मिटरबक्स ल्याईदिन्छु भनी रकम असुलेर फरार शिर्षकको समाचार प्रकाशन, प्रशारण भएपछि भने बास्कोटाले जेरुङघाटबासीबाट उठाएर लगेको रकम फर्काएका थिए । उनले फकाएको रकम भिजन एफएमका मेनेजर एसबी जेरोले स्थानीयलाई हस्तान्तरण गरेका छन् ।
बास्कोटाले मिटरबक्स नल्याएर छ महिना पछि स्थानियबाट उठाएर लगेको रकम नै फिर्ता गरेका थिए ।
जेरुङघाटका रामबहादुर राई, थईन्द्र राई, अच्छेकुमार राई, द्रोणहरी राई, नैनकुमारी राई, बीरबहादुर राई, राजिब राई, मानबहादुर माझि, माउले माझि, यकिन्द्र राई, सरिमाया राई, नरध्वज राई, अदिलमान राई र शेरबहादुर राईलाई बिजुलीको मिटरबक्स ल्याईदिन्छु भनेर बास्कोटाले रकम उठाएर लगेका थिए ।
आफुहरुले माया मारिसकेको पैसा फिर्ता पाएकोमा खुसी लागेको स्थानीय जिवन राईले बताए । उनीहरले भिजन परिवारलाई धन्यवाद दिएका छन् ।
बास्कोटाले भने नेपाल विधुत् प्राधिकरणको मानेभञ्ज्याङ र सुनकोशीका कर्मचारीका कारण जेरुङघाटका उपभोक्तालाई समयमा मिटरबक्स ल्याउन नसकेको बास्तोलाले आरोप लगाएका थिए । कर्मचारीको असहयोग र आफ्नो व्यवहारिक कारणले जेरुङघाटमा समयमा बिजुलीको मिटरबक्स ल्याउन नसकेको उनको भनाइ थियो ।
लामो समय सम्म पनि बास्कोटाले मिटरबक्स नल्याए पछि १४ मध्ये ११ परिवार आफैले मिटरबक्स जडान गरिसकेका थिए ।
प्रतिक्रिया