ओखलढुंगा सामुदायिक अस्पतालमा उपचारको क्रममा ५३ दिने शिशुको ज्यान गएपछी शनिबार दिनभर अस्पतालमा तनाव उत्पन्न भयो । शिशुका आफन्तले अस्पताल र चिकित्सकको लापरबाहीले ज्यान गएको बताउदै विरोध जनाए । आफन्तले शिशुको शव बुझ्न अस्वीकार गरे ।
मृतकका आफन्तले अस्पताल निर्देशकले तुरुन्तै राजीनामा दिनुपर्ने, आकस्मीक कक्षमा कार्यरत चिकित्सकहरुमाथि छानविन गरी आवश्यक कारबाही गर्नुपर्ने, अस्पतालले लिखित क्षमायाचना गर्नुपर्ने लगायतका माग राखेर विरोध जनाएका थिए ।
यस प्रकरणमा उक्त समयमा इमर्जेन्सी वार्डमा कार्यरत हेल्थ असिस्टेन्ट प्रकाश कटुवाललाई ४८ घण्टे लिखित स्पस्टीकरण सोधिएको छ । कटवाललाई आन्तरिक छानविन व्यवस्थापन समितिले किन कार्बाही नगर्ने ? भनेर लिखित रुपमै स्पष्टीकरण मागेको अस्पतालका निर्देशक डा.रोशन खरेलले बताए । अस्पतालका डा.जोन प्याजेटको संयोजकत्वमा चार सदस्यीय आन्तरिक छानविन व्यवस्थापन समितिको गठन गरी कटुवाल सँग लिखित स्पष्टीकरण मागेको निर्देशक खरेलको भनाई छ ।
सिद्धिचरण नगरपालिका–५ का डोम प्रसाद दाहालकी ५३ दिनकी छोरी रियाना दाहालको उपचारका क्रममा शुक्रबार राती ९ः४५ बजे ज्यान गएको थियो । पिसाब रोकिएर सिकिस्त विरामी भएपछि शुक्रबार आफन्तले बालिकालाई ओखलढुंगा सामुदायिक अस्पताल (मिसन)को इमर्जेन्सी कक्षमा पु¥याएका थिए । इमर्जेन्सी वार्डमा रहेका चिकित्सकले शिशुलाई सामान्य चेकजाँच पनि नगरीे बहिरंग विभाग तर्फ पठाएको बुबा डोम प्रसाद दाहालले बताए ।
बहिरंग विभागमा लामो समय सम्म लाइनमा बसेर बच्चाको चेक जाँच गर्दा विभागका चिकित्सकले पुनः इमर्जेन्सी कक्षमै राखेर उपचार गर्न भनेपछि इमर्जेन्सी कक्षमा लगिएको दाहालले बताए । ‘इमर्जेन्सी कक्षमा पु¥याउदा बच्चाको स्वासप्रस्वासमा गम्भिर समस्या भईसकेको थियो’ दाहालका आफन्त देबकुमार दाहालले बताए । बालिकालाई उपचारका लागि समयमै अस्पताल ल्याइएको भएपनि अस्पतालको लापरबाहीका कारण ज्यान गएको दाहालको भनाई छ ।
प्रतिक्रिया