मानेभन्ज्याङका ६० जना मानसिक राेगीकाे निःशुल्क उपचार

मानेभन्ज्याङका ६० जना मानसिक राेगीकाे निःशुल्क उपचार


भिजन समाचार
5.8k
Shares

ओखलढुंगाको मानेभन्ज्याङका ६० जना मानसिक बिरामीको निःशुल्क उपचार गरिएको छ । मानेभन्ज्याङ गाउँपालिका तथा मानसिक स्वास्थ्य मनोपरामर्श केन्द्र (सिएमसी) नेपालको सयुक्त आयोजनामा सोमबार निःशुल्क मानसिक स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।

शिविरमा ४५ जना महिला र १५ जना पुरुष गरि ६० जनाले सेवा लिएको सिएमसी नेपालकी मनोपरामर्शकर्ता कोपिला बस्नेतले बताइन् । शिविरमा कडा खालको मानसिक रोग, चिन्ता रोग, उदासिनता (डिप्रेसन), तनाव, इन्जाइटी तथा छारेरोग भएका गरी ६० जना मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरुले सेवा लिएको उनले जानकारी दिइन् । उनका अनुसार बिरामीहरुको चेकजाँच गरी रोगको प्रकृतिअनुसार निःशुल्क औषधी वितरण गरिएको छ ।

शिविरमा सिएमसीका मनोपरामर्शकर्ता बस्नेत र जिल्ला अस्पताल अन्तरगतको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र ओसिएमसीका घटना व्यवस्थापक सजना राईले ४५ जनालाई मनोपरामर्श सेवा प्रदान गरेका थिए ।

मंगलबार मोलुङ गाउँपालिकाको प्राप्चा स्वास्थ्य चौकी, बुधबार स्वास्थ्य चौकी रामपुर, बिहीबार स्वास्थ्य चौकी शेर्ना र २९ गते शुक्रबार जिल्ला अस्पताल रुम्जाटारमा मानसिक स्वास्थ्य सम्बन्धि निःशुल्क शिविर सञ्चालन गरिने सिएमसी नेपाल ओखलढुंगाले जनाएको छ ।