टिकटक गट ट्यालेन्ट सिजन–६ मा रुम्जाटारका शिवदास गुरुङ विजयी

टिकटक गट ट्यालेन्ट सिजन–६ मा रुम्जाटारका शिवदास गुरुङ विजयी


भिजन समाचार
8.2k
Shares

मञ्जिल युकेले आयोजना गरेको टिकटक गट ट्यालेन्ट सिजन– ६ मा नृत्य तर्फ ओखलढुंगाको रुम्जाटारका शिवदास गुरुङ विजयी भएका छन् । प्रतियोगिताको फाइनल चरणबाट जिल्लाको सिद्धिचरण नगरपालिका–४ रुम्जाटारका गुरुङ विजयी भएका हुन् ।

उनलाई नगद एक लाख रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। गुरुङलाई पूर्व प्रधानमन्त्री झलनाथ खनालले शनिबार उक्त पुरस्कार प्रदान गरेका हुन् । आफुले कलाको क्षेत्रबाट टाइटल जित्दा खुसी लागेको उनले बताए ।

आगामी दिनमा कलाको क्षेत्रमा लाग्नका लागि हौसला मिलेको गुरुङको भनाई छ । अन्य चार विधामा नेपाली भाषा तर्फ विवेस मोते, साहित्य तर्फ प्रेम मगर, अन्तराष्ट्रिय भाषा तर्फ दिप्ती उप्रेती र संगित तर्फ विकेस लामा विजयी हुनु भएको आयोजकले जनाएको छ ।

उनीहरुलाई २५–२५ हजार नगद, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसैगरी भिर्वस छनौटमा चन्द्रकला राईले नगद आठ हजार र प्रमाणपत्र, लक्की ड्रबाट छानिएका तीन जनालाई ५–५ हजार नगद र उत्कृष्ट भिर्वस एक जनालाई पाँच हजार नगद प्रदान गरिएको आयोजकले जनाएको छ ।

त्यसैगरी वरिष्ठ साहित्यकार डा. रेणु सोलु, सफल व्यवसायी एवं उद्योगपति प्रकाश सिंह कार्की, हिमालय टिभीका प्रधान सम्पादक राजेन्द्र बानियाँ र पत्रकार बिक्रम श्रेष्ठलाई सम्मान गरिएको मञ्जिल युकेले जनाएको छ ।

चीफ एडमीन अफिसरको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व प्रधानमन्त्री झलनाथ खनाललगायतले मन्तव्य राखेका थिए ।