खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्वन’ विषयक अन्तरक्रिया कार्यक्रम भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको आयोजनामा तथा नगरपालिकाको सहकार्यमा बुधबार उक्त अन्तरक्रिया कार्यक्रम भएको हो ।
अन्तरक्रिया कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आयोगको काम, कर्तव्य र अधिकारसँगै जिल्लाबाट अख्तियारमा परेका उजुरीको संख्या, कुन पालिकाबाट कति, कुन–कुन शीर्षकका उजुरी परेका छन् लगायतका तथ्यांकहरू प्रस्तुत गरेको मेयर विमला राईले बताइन् । हलेसी तुवाचुङ नगरपालिकाले समृद्धि सँगै सुशासन र सदाचारलाई जोड दिइरहेको अवस्थामा नगरकामा भएको अख्तियारको कार्यक्रम प्रभावकारी भएका उनको भनाई छ ।
भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्वन गर्ने उद्धेश्यले आयोजित कार्यक्रममा नगरका जनप्रतिनिधि र कर्मचारी लगायत सरोकारवालाको सहभागिता थियो ।
सहभागिहरूले आ–आफ्नो जिज्ञासा र गुनासो राख्दै अख्तियारलाई सुझाव समेत दिएका छन् ।
प्रतिक्रिया