पर्यटन प्रवद्र्धनका लागि ओखलढुंगाको च्यानममा तीज विशेष साँस्कृतिक कार्यक्रम गरिएको छ । महिलाहरुको महान चाड हरितालिका तीजको अवसर पारेर जिल्लाको सुनकोशी गाउँपालिका–७ ले साँस्कृतिक कार्यक्रम आयोजना गरेको हो ।
पर्यटकीय क्षेत्र चञ्चलादेवीको विकास र प्रवद्र्धनका लागि वडाको आयोजनामा भएको कार्यक्रममा सयौँ दर्शक उपस्थित थिए ।
सुनकोशी गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कलाकारहरुले भव्य सांगीतिक प्रस्तुति दिएका छन् । औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष अधिकारीले पर्यटकीय क्षेत्र चञ्चलादेवीको विकास र प्रवद्र्धनका लागि पालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाइन् । अर्को बर्षसम्म मन्दिर निर्माण भइसक्ने गरि पालिकाबाट बजेट विनियोजन हुने उनले बताइन् ।
वडामा रहेका धार्मिक स्थलको प्रवद्र्धन र प्रचारको लागि कार्यक्रम आयोजना गरिएको वडा अध्यक्ष चेत बहादुर कट्वालले बताए । स्थानीयको बाक्लो उपस्थितिका बिच चर्चित गायक सचिन राई, गायिका सुस्मिता कट्वाल र डान्सर अनु राई लगायत अन्य स्थानीय कलाकारहरुले सांगितिक प्रस्तुति दिएका थिए ।
कार्यक्रममको भिजन एफएमबाट प्रत्यक्ष प्रशारण भएको थियो ।
प्रतिक्रिया