रुम्जाटार यातायातद्धारा १ महिनामा २२ लाख राजश्व संकलन

रुम्जाटार यातायातद्धारा १ महिनामा २२ लाख राजश्व संकलन


भिजन समाचार
1k
Shares

यातायात व्यवस्था कार्यालय रुम्जाटार ओखलढुंगाले एक महिनामा २२ लाख बढी राजश्व सङ्कलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०८०÷०८१ को पहिलो महिना साउनमा २२ लाख ९४ हजार ५२४ रुपैयाँ राजश्व सङ्कलन गरेको हो ।

साउन महिनामा सवारी साधन कर, सवारी ईजाजत र सवारी चालक अनुमति पत्र (लाइसेन्स) दस्तुर, यातायात क्षेत्रको आम्दानी, यातायात व्यवसाय रजिष्ट्रेशन दस्तुर, अनुगमन दण्ड जरीवानाबाट उक्त राजश्व संकलन भएको कार्यालयका सुचना अधिकारी बद्रिप्रसाद घिमिरेल बताए । साउनमा सेवा लिनको संख्या निकै कम हुँदा राजश्व संकलन प्रभावित भएको उनको भनाई छ ।

उहाँका अनुसार साउन महिनामा १६१ जनाले सवारी चालक अनुमतिपत्र लिएका छन् । एक महिनामा १४ सवारी दर्ता नविकरण, १७ सवारी नामसारी, ५ जाँचपास र चार वटा रुट ईजाजत लगायतका सेवा प्रदान गरिएको कार्यालयले जनाएको छ ।

ओखलढुंगा, सोलुखुम्बु, खोटाङ र उदयपुरको उत्तरी क्षेत्रका नागरिकले यस कार्यालय बाट सेवा लिने गरेका छन् ।