काठमाण्डौमा बसोबास गर्ने लिखु खाल्टेबासीलाई वडा शिविरमार्फत सेवा दिने भएको छ ।
जिल्लाको लिखु गाउँपालिका–६ नम्बर वडा कार्यालयले पेशा, व्यवसाय र कामको शिलशिलामा काठमाण्डौ बस्दै आएका वडाबासी नागरिकलाई राजधानीमै पुगेर सेवा प्रदान गर्ने भएको हो ।
भाद्र १६, १७ र १८ गते काठमाण्डौमा शिविर राखेर वडाबाट प्रवाह हुने विभिन्न सेवा प्रदान गरिने वडा अधयक्ष टिकाराम क्याप्छाकी मगरले बताए ।
उनका अनुसार शिविर मार्फत जन्म, मृत्यु, विवाह, बसाई–सराई लगायत घटना दर्ताको गरिने छ ।
यस्तै नागरीकता सिफारीस, अन्य सिफारीस मालपोत (तिरो), घरधुरी कर, (राजश्व) अशुली र सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण लगायतका सेवा प्रवाह हुने वडा अध्यक्ष मगरले जानकारी दिए ।
नागरिकलाई सर्वसुलभ र सहज सेवा प्रवाहका लागि शिविर राखिएको वडाले जनाएको छ ।
प्रतिक्रिया