सुनकोशीमा दुवैपक्षलाई जीतको महसुस गराउँदै न्याय निरुपण

सुनकोशीमा दुवैपक्षलाई जीतको महसुस गराउँदै न्याय निरुपण

साउनमा ४ वटा मुद्दा दर्ता, सबै मुद्दा फर्छ्यौट


भिजन समाचार
0
Shares

ओखलढुंगाको सुनकोशी गाउँपालिकाले दुवै पक्षलाई जितको महसुस गराउने गरी न्यायिक सेवा दिने गरेको छ । पीडितको उजुरीका आधारमा न्यायिक समितिमा छलफल गराई दुवै पक्षलाई समझदारीमा ल्याएर आगामी दिनमा पुनः समस्या नहुनेगरी विवाद मिलाउने गरेको हो ।
ओखलढुंगाको सुनकोशी गाउँपालिकाको न्यायिक समितिमा १ महिनामा ४ वटा मुद्दा दर्ता भएका छन् । चालु आर्थिक वर्षको पहिलो महिनामा गाली वेइज्जती र जग्गा अतिक्रमणका ४ वटा मुद्दा परेका हुन् ।

छिमेकी सँधियारले जग्गा अतिक्रमण गरेको र गाली वेइज्जती गरेको भनि परेका छुट्टा छुट्टै ४ वटा मुद्दा न्यायिक समितिले छलफलका माध्यमबाट टुङ्ग्याएको छ । मुद्दाका वादी प्रतिवादीलाई कार्यालयमै बोलाएर न्यायिक समितिको बैठकमा छलफल गराई मेलमिलापको माध्यमबाट सबै मुद्दा फछ्र्यौट गरिएको गाउँपालिका उपाध्यक्ष एवम न्यायिक समिति संजोजक सुनिता अधिकारीले बताइन् । पीडितको उजुरी प्राप्त हुनासाथ छलफल गरेर दुबैपक्षलाई जीतको महसुस गराएर पुनः समाजमा मेलमिलाप गरी बस्नेगरी मुद्दा किनारा लाउने गरिएको संयोजक अधिकारीको भनाई छ । ‘हामीलाई प्राप्त उजुरीहरु तत्काल छलफल गरेर टुङ्गो लगाउने गरेका छौं । स–साना विषयहरु छलफलका माध्यमबाट दुवै पक्षलाई जीतको महसुस हुने र फेरि द्धोन्द्धको अवस्था सिर्जना नभई मिलेर गाउँसमाजमा बस्ने वातावरण बनाएर मुद्दा फछ्र्याैट गर्छौं ।’ उनले भनिन्, ‘साउनमा ४ वटा मुद्दा आएका थिए । भाद्र १ गते नै सबै मुद्दा फछ्र्यौट गरिसकेका छौं ।’ सुनकोशीको न्यायिक समितिमा वडानम्बर ५ बाट तीन वटा र वडा नम्बर ९ बाट एउटा मुद्दा परेको थियो ।