बाल यौन दुर्व्यवहार मुद्दामा प्रधानाध्यापकलाई नौ महिना कैद सजाय तोकियो

बाल यौन दुर्व्यवहार मुद्दामा प्रधानाध्यापकलाई नौ महिना कैद सजाय तोकियो


भिजन समाचार
54k
Shares

ओखलढुंगामा बाल यौन दुर्व्यवहार मुद्दामा एक प्रधानाध्यापकलाई नौ महिना कैद सजायको फैसला भएको छ । जिल्लाको मोलुङ गाउँपालिका–२ को गणेश माध्यमिक विद्यालयका प्रधानाध्यपक योगेन्द्र प्रसाद धमलालाई नौ महिना कैद सजाय तोकिएको हो ।

२ विद्यार्थी बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा धमला विरुद्ध मुद्दा दायर भएको थियो । ओखलढुङ्गा जिल्ला अदालतका न्यायाधिश टिकाराम आचार्यको ईजलासले आफुले पढाएका विद्यार्थी बालिकालाई यौन दुर्व्यवहार गर्ने धमलालाई नौ महिना सजाय फैसला गरेको श्रेस्तेदार विनोदकुमार घिमिरेले बताए । कैद सजायसहित धमलालाई ५० हजार क्षतिपुर्ति र २० हजार जरिवाना समेतको फैसला भएको छ ।

गत चैत ३ गते बालिकाका आफन्तले प्रधानाध्यापक विरुद्ध प्रहरीमा बाल यौन दुर्व्यवहार गरेको आरोपमा जाहेरी दिएका थिए । उजुरी पश्चात प्रहरीले पक्राउ गरेको धमलालाई जिल्ला अदालतले साधारण तारेखमा छोडेको थियो ।

साधारण तारेखमा छुटेपछि विद्यालयको नियमित काममा फर्किएका धमलालाई ओखलढुङ्गा जिल्ला अदालतले साउन २९ गते न्यायधिश आचार्यको ईजलासले नौ महिना कैद सजायको फैसला गरेको हो ।

धमलाको जागिरको विषयमा फैसलामा केही उल्लेख भएको छैन ।