मुन्धुम परिवेश झल्काउने राज राईको रामदले सार्वजनिक (भिडियो)

मुन्धुम परिवेश झल्काउने राज राईको रामदले सार्वजनिक (भिडियो)


भिजन समाचार
0
Shares

चर्चित गायक राज राईको नयाँ गीत सार्वजनिक भएको छ । गायक राई र गायिका एलिना राईले वाम्बुले समुदायको रामदले भाका संरक्षणमा टेवा पुग्ने ‘राम दले भाका’ को गीत बजारमा ल्याएका हुन् ।

गायक राइको युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक भएको छ ।

https://www.youtube.com/watch?v=Ymr6gqGJKTM

नारायण राईले शब्द संकलन गरेको गीतलाई राज राईले लय संकलन गरेका छन् ।

यस्तै, एरेञ्ज,मादल र मिक्सिङमा आर बि लामा छन् । क्यामेरामा नरेश सुनुवार छन् भने बासुरीमा जीवन राई रहेका छन् । मदन राईले भिडियो सम्पादन गरेको गीतमा माया प्रेम, किराती समुदायको मुन्धुमलगायत विभिन्न परिवेशलाई समेटिएको छ ।

उक्त गीत हलेसी डिजिटलमा रेकर्ड भएको थियो ।

गायक गायिका राईद्धयको यसअघि पनि राम्दले सालाङ गीत सार्वजनिक भएको थियो ।