श्रीचौरमा श्रमदानबाटै सोलिङ !

श्रीचौरमा श्रमदानबाटै सोलिङ !


भिजन समाचार
15.7k
Shares

ओखलढुंगाको श्रीचौर जाने बाटोमा श्रमदानबाटै सोलिङ गर्न थालिएको छ । जिल्लाको मोलुङ गाउँपालिका–६ का वडा अध्यक्ष कमल तामाङको नेतृत्वमा सोलिङ र मर्मतको काम थालिएको हो ।

गाउँपालिकाको केन्द्रबाट श्रीचौर मंगलबारे बजार जाने बाटो अन्तर्गत पर्ने पेशलमारेबाट सोलिङको काम थालिएको वडा अध्यक्ष तामाङले बताए ।

बर्षातको समयमा सडक हिलाम्मेहुँदा आवतजावतमा स्थानीयलाई असहज भएपछि श्रमदानबाट सडक मर्मत थालिएको उनको भनाई छ । ‘विकासको काम गर्न सरकारकै मुख ताक्नुपर्छ भन्ने छैन । बजेट नै चाहिन्छ भन्ने हुन्न, स्थानीयले पनि साथ दिनु भएको छ । पेशलमारे लोप्रेबाट मंगलबारेसम्म जानेबाटे श्रमदानबाटै सोलिङ गछौँ । दुई तीन दिन भइसक्यो काम सुरु गरिसक्यौँ ।’ उनले भने ।

उनका अनुसार करिब १० किलोमिटर सडक श्रमदानबाटै मर्मत गर्न थालिएको छ । श्रमदानमा वडा अध्यक्ष तामाङ सहित, वडाका अन्य जनप्रतिनिधि र स्थानीय सहभागी छन् ।