ओखलढुंगामा घरजग्गा कारोबार घटेपछि मालपोतको राजश्वमा गिरावट

ओखलढुंगामा घरजग्गा कारोबार घटेपछि मालपोतको राजश्वमा गिरावट


भिजन समाचार
2.8k
Shares

घरजग्गा कारोबारमा कमी आउँदा मालपोत कार्यालय ओखलढुंगाको राजस्व संकलनमा भारी गिरावट आएको छ । जिल्लामा अघिल्लो बर्षको तुलनामा राजश्व ८२ लाख ७१ हजार ४५६ रुपैयाँले घटेको हो ।
अघिल्लो आर्थिक बर्ष २०७८-७९ मा दुई करोड ३७ लाख ७१ हजार ७६६ राजश्व संकलन भएकोमा आव २०७९-८० मा एक करोड ५५ लाख ३०९ रुपैयाँ मात्रै राजश्व संकलन भएको मालपोत कार्यालय प्रमुख निरकुमार ढंगानाले बताएका छन् ।

यस्तै, आव २०७८-७९ को तुलनामा आव ०७९-८० मा लिखत पारित एक हजार चार सयले घटेको छ ।

आव ०७८-७९ मा तीन हजार ५६ लिखत पारित भएकोमा आव ०७९-८० मा घटेर एक हजार छ सय ५६ मा झरेको छ ।

राजश्व संकलनतर्फ अघिल्लो आव २०७८-७९ मा घरजग्गा रजिष्ट्रेशन दस्तर वापत एक करोड ८७ लाख ७६ हजार ८५ रुपैयाँ, मोठ फाँटबाट २२ हजार आठ सय, मुद्धा फाँटबाट एक लाख ५७ हजार ८४९ रुपैया र पुँजीगत लाभकर वापत ४८ लाख १५ हजार ३२ रुपैयाँ गरि कुल दुई करोड ३७ लाख ७१ हजार ७६६ राजश्व संकलन भएको थियो ।

तर आव २०७९-८० मा घरजग्गा रजिष्ट्रेशन दस्तर वापत एक करोड नौं लाख ४८ हजार ६११ रुपैयाँ, मोठ फाँटबाट १६ हजार चार सय, मुद्धा फाँटबाट भने केहि बढेर दुई लाख ६५ हजार सात सय र पुँजीगत लाभकर वापत ४२ लाख ६७ हजार ५९८ रुपैयाँ गरि एक करोड ५५ लाख ३०९ रुपैयाँ मात्रै राजश्व संकलन भएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

यस्तै अघिल्लो आव २०७८-७९ मा नामसारी चार सय तीन, दाखिल खारेज ५८, संशोधन २३ र घर कायम चार वटा भएकोमा आव २०७९-८० मा घटेर मा नामसारी तीन सय आठ, दाखिल खारेज ४४, संशोधन २१ र घर कायम भने बढेर वटा पुगेको कार्यालयले जनाएको छ ।