ओखलढुंगाको सिद्धिचरण नगरपालिकाका पुर्व प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडासहित १० जनाविरुद्ध अख्तियारमा मुद्धा परेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज आइतबार जारी गरेको प्रेस विज्ञप्तीमा नगरपालिकाका तत्कालिल प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडासहित १० जना विरुद्ध गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको आरोपमा मुद्धा परेको उल्लेख छ ।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार जिल्लाको सिद्धिचरण नगरपालिका–१० मा विद्युत पोल तार र ट्रान्समिटर खरिद योजनामा मिलोमतो गरी चार लाख सतहत्तर हजार आठ सय उनान्सय रुपैयाँ साठी पैसा बराबरको भ्रष्टाचार गरेको आरोपमा उजुरी परेको छ ।
उजुरीमा खरिद नै नभएको सामाग्रीको फर्जी बिल बनाई भुक्तानी लिएको दिएको आरोपमा सिद्धिचरण नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकत भोजराज खतिवडा, नेपाल विद्युत प्राधिकरण, ओखलढुंगा वितरण केन्द्रका तत्कालीन कार्यालय प्रमुख संजीव साह, वडा अध्यक्ष दामोदर धमला, तत्कालीन इन्जिनियर अमृत कुमार दाहाल र तत्कालीन खानेपानी तथा सरसफाई प्राविधिक दिल कुमार बुढाथोकी सहित १० जना विरुद्ध मुद्धा परेको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया