ओखलढुंगाको माधवपुरमा सुविधासम्पन्न स्वास्थ्य चौकी भवन निर्माण भएको छ । सघन शहरी तथा भवन निर्माण आयोजना आखलढुंगाले एक करोड ३३ लाख लागतमा मानेभञ्ज्याङ गाउँपालिका–९ माधवपुर सो भवन निर्माण गरेको हो ।
पुष्पाञ्जली कन्स्ट्रक्सन प्राली घट्टकुलो काठमाण्डौले २०८० असार ३० गते निर्माणसम्पन्न गर्ने ठेक्का सम्झौता अनुसार २०७८ जेठ २३ गतेबाट काम सुरु गरेको थियो ।
जग्गा विवाद्का कारण करिब सात महिना समय काम रोकिएपनि समयमै काम सम्पन्न भएको सघन शहरी तथा भवन निर्माण आयोजना आखलढुंगाका प्रमुख डा. युवराज पौड्यालले बताए ।
शुक्रबार वडा अध्यक्ष पूर्ण बहादुर मगरको सहितका जनप्रतिनिधिको रोहवरमा कार्यालय र निर्माण कम्पनीले स्वास्थ्य चौकीलाई भवन हस्तान्तरण गरेको उनले जानकारी दिए ।
दुई तले पक्की ७ कोठे भवनमा प्रशासनिक, स्वास्थ्यकर्मी आवास, बिरामी उपचार कक्ष, औषधि भण्डार कक्षको छुट्टा-छुट्टै व्यवस्था गरिएका कार्यालयले जनाएको छ ।
नयाँ भवनबाट स्वास्थ्यकर्मीलाई सेवा प्रदान गर्न र नागरिकलाई सेवा लिन सहज हुने वडा अध्यक्ष मगरले बताए ।
यसअघि जिर्ण भवनबाट स्वास्थ्य सेवा प्रवाह गर्नुपर्दा समस्या हुने गरेको बताउँदै अब नयाँ भवनबाट सेवा प्रवाह हुँदा सहज हुने स्वास्थ्य चौकी इन्चार्ज सरिता कार्कीले बताइन् ।
बर्थिङ सेन्टर सहितको सुविधासम्पन्न स्वास्थ्य चौकी भवन बनेपछि सेवा लिन सहज हुने भन्दै माधपुरका नागरिक खुशी भएका छन् ।
नयाँ भवनबाट छिट्टै सेवा प्रवाह सुरु हुने स्वास्थ्य चौकी इन्चार्ज कार्कीले जानकारी दिएकी छन् ।
प्रतिक्रिया