ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिकाका किशोर किशोरीहरुलाई सक्षम रुपान्तरण तालिम दिइएको छ । नगरपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा किशोर किशोरीलाई तीन दिने सचेतनामुलक तालिम प्रदान गरिएको हो ।
असार १६ गतेबाट सुरु भएको तालिम शनिबार समापन भएको छ । तालिममा सिद्धिचरण नगरपालिका ३, ९, ११ र १२ का गरि ३६ जना किशोरकिशोरी सहभागी थिए ।
किशोर किशोरीलाई तालिममा आत्मअनुशासन, आत्मजागरण, यौन तथा प्रजनन् स्वास्थ्य र कानुनी सचेतनाका विषयमा प्रशिक्षण प्रदान गरिएको महिला तथा बालबालिका शाखा अधिकृत सरिता तामाङले बताइन् ।
किशोर किशोरीले आफुहरुका लागि तालिम उपयोगी भएको बताएका छन् । नगरपालिकाले यस किसिमका तालिम आगामी दिनमा पनि सञ्चालन गर्नुपर्ने उनिहरुको माग छ ।
प्रतिक्रिया