मानेभञ्ज्याङको बजेट ५० करोड ११ लाख: शिक्षा, स्वास्थ्य र महिला सशक्तिकरणमा जोड

मानेभञ्ज्याङको बजेट ५० करोड ११ लाख: शिक्षा, स्वास्थ्य र महिला सशक्तिकरणमा जोड


भिजन समाचार
106
Shares

ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङले गाउँपालिकाले ५० करोड ११ लाख ७६ हजार  सात सय १५ रुपैंयाको बजेट ल्याएको छ । आइतबार गाउँपालिकाको १३ औँ गाउँसभाले आगामी आर्थिक वर्ष २०८०-०८१ का लागि बजेट ल्याएको हो ।

मानेभञ्ज्याङले यस पटकको बजेटमा शिक्षा, स्वास्थ्य र महिला सशक्तिकरणमा जोड दिएको गाउँपालिका उपाध्यक्षा आश्राचन राईले बताए ।

उनका अनुसार नियमित स्वास्थ्य जाँच गराएर बर्थिङ सेन्टरमा प्रसूति भई छोरी जन्मिएमा पालिकाले बालिका बचत कार्यक्रम अन्तर्गत बार्षिक चार हजार खातामा जम्मा गरिदिनेछ । बालिका बचत कार्यक्रममा जम्मा भएको रकम १८ बर्ष पछि मात्र झिक्न मिल्नेछ ।

उक्त रकमले किशोरीहरुलाई उच्च शिक्षा हासिल गर्न सहज हुने पालिकाले विस्वास लिएको गाउँपालिका उपाध्यक्ष राईले बताए ।

महिला सशक्तिकरणका लागि क्षमता विकास, सिप र स्वरोजगारका विभिन्न कार्यक्रम सञ्चालन हुने उनको भनाई छ ।

गाउँपालिकाले कृषि र पशुपालनमा लाग्ने किसानलाई प्रोत्साहनका कार्यक्रम ल्याएको छ । शैक्षिक क्षेत्रको सुधारका लागि अनुगमन, नियमन र प्रोत्साहनका कार्यक्रम रहेको उपाध्यक्ष राईले बताए ।

गाउँपालिकामा क्याम्पस सञ्चालन गर्ने पालिकाको योजना रहेको उनले बताएका छन् ।

यस्तै अशक्त अपांगता भएका उचित उपचार र हेरचाहको व्यवस्था गर्ने गरि स्वास्थ चौकीमा स्याहार केन्द्र स्थापना लगायतका कार्यक्रमहरु रहेको उनको भनाई छ ।

पालिकाले भौतिक विकास भन्दा सामाजिक विकासलाई विशेष प्राथमिकतामा राखेको छ ।