प्रहरीले गोली चलाएर पक्राउ गरेकाे व्यक्ती को हुन् ?

भिजन समाचार
38
Shares

काठमाडौँ । पिंगलास्थानमा लागुऔषध कारोबार नियन्त्रणका क्रममा प्रहरीले गोली चलाएर दुई जनालाई पक्राउ गरेको छ । उक्त घटनामा भारतको बिहार घर भएका अनिल कुमार पासवान घाइते अवस्थामा नियन्त्रणमा लिइएका छन् ।

लागुऔषध नियन्त्रण ब्यूरो को टोलीले खैरो हेरोइन कारोबार भइरहेको सूचनाका आधारमा गौशाला–पिंगलास्थान क्षेत्रमा अपरेसन चलाएको थियो । पक्राउ गर्न खोज्दा आरोपीहरू भाग्न खोजेपछि प्रहरीले दुई राउण्ड गोली प्रहार गरेको ब्यूरोका एसपी दुर्गाराज रेग्मी ले जानकारी दिए ।

गोली लागेर घाइते भएका पासवानको ट्रमा सेन्टर मा उपचार भइरहेको छ । घटनास्थलबाट अर्का एक जना कारोबारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले उनीहरूको साथबाट करिब १ केजी खैरो हेरोइन बरामद गरेको जनाएको छ । यसअघि पनि सोही समूहका थप दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।