एजेन्सी । मध्यपूर्व क्षेत्रमा द्वन्द्व तीव्र बन्दै गएको छ । इरान, इजरायल र अमेरिका बीचको तनाव बढ्दै जाँदा युद्ध थप फैलिने संकेत देखिएको छ ।
इजरायलको हाइफा सहरमा इरानले गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने भवनमा ठूलो क्षति पुगेको छ । केही व्यक्ति अझै बेपत्ता रहेका छन् ।
जवाफस्वरूप इजरायलले इरानको राजधानी तेहरानमा लक्षित आक्रमण गरेको जनाएको छ । विभिन्न क्षेत्रमा विस्फोट हुँदा ग्यास आपूर्ति समेत प्रभावित भएको बताइएको छ ।
इरानले नागरिक संरचनामाथि आक्रमण भए अझ ‘विनाशकारी’ जवाफी कारबाही गर्ने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डेनाल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुज नखुले कडा कदम चाल्ने चेतावनी दिएका छन् ।
द्वन्द्व लेवनान सम्म फैलिँदै गएको छ । हिजबुल्लाहले उत्तरी इजरायलतर्फ रकेट प्रहार सुरु गर्दा लेबनानमा इजरायली आक्रमणबाट कम्तीमा १५ जनाको ज्यान गएको छ ।
यस्तै कुवेत र युएइले मिसाइल तथा ड्रोन आक्रमणहरू विफल पारिरहेको बताएका छन् ।
युद्धको असर ऊर्जा क्षेत्रमा पनि देखिएको छ । कच्चा तेलको मूल्य १० प्रतिशतभन्दा बढी बढेको छ, जसले विश्व अर्थतन्त्रमा थप दबाब सिर्जना गर्ने देखिन्छ ।
यसैबीच कासेम सेलियाेमनी अन्तर्रष्ट्रिय विमानस्थलमा अमेरिका–इजरायलको संयुक्त आक्रमण भएको दाबी गरिएको छ ।
धार्मिक गतिविधि पनि प्रभावित भएका छन् । चर्च अफ द हाेली सेपुर्लचमा इस्टरका अवसरमा प्रवेशमा प्रतिबन्ध लगाइएको छ ।
समग्रमा, मानव क्षति, ऊर्जा संकट र कूटनीतिक तनावसँगै मध्यपूर्वको अवस्था झन् जटिल बन्दै गएको छ ।

प्रतिक्रिया