माध्यमिक शिक्षा परीक्षा एसइईका लागि ओखलढुंगामा विभिन्न परीक्षा केन्द्रका लागि नियुक्त गरिएका केन्द्राध्यक्षहरुलाई अभिमुखीकरण तालिम दिइएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई ओखलढुंगामा एसइई परीक्षालाई व्यवस्थित र मर्यादित बनाउनका लागि केन्द्राध्यक्षहरुलाई एकदिने अभिमुखीकरण तालिम दिएको हो ।
केन्द्राध्यक्षहरुलाई परीक्षा सञ्चालन, प्रश्नपत्र ढुवानी, परीक्षालाई निष्पक्ष, मर्यादित र व्यवस्थित बनाउन अभिमुखीकरण तालिम दिइएको शिक्षा विकास तथा समन्वय एकाई ओखलढुंगाका प्रमुख सुरेश ढकालले जानकारी दिए ।
शिक्षा विकास तथा समन्वय एकाई प्रमुख ढकालको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा ११ परीक्षा केन्द्रका केन्द्राध्यक्षकहरुलाई परीक्षालाई मर्यादित र व्यवस्थित बनाउनका लागि आवश्यक पर्ने प्रशासनिक र प्राविधिक सुझावसहितको निर्देशन दिए ।
माध्यमिक शिक्षा परीक्षा एसइई चैत १९ गतेबाट सुरु हुँंदैछ । ओखलढुंगाबाट यस वर्षको एसइई परीक्षामा दुइ हजार २१५ जना परीक्षार्थी सहभागी हुनेभएका छन् ।
परीक्षामा ११ केन्द्र मध्ये नौ वटामा प्राविधिक धार र साधारणको एकैठाउँमा विधार्थीहरुको सहभागी रहनेछन् । जिल्लामा प्राविधिकतर्फ १३३ र साधारणतर्फ दुई हजार २६ जना, ग्रेड वृद्धिका ५६ जना गरी कुल दुई हजार २१५ जना विद्यार्थीहरुको सहभागी हुने इकाईका शिक्षा विकास तथा समन्वय एकाई ओखलढुंगाले जनाएको छ ।

प्रतिक्रिया