६१ वर्षीय वृद्ध जबरजस्ती करणी कसुरमा कारागार चलान

भिजन समाचार
874
Shares

जबरजस्ती करणी आरोपमा पक्राउ परेका सिद्धिचरण नगरपालिका–४ का ६१ वर्षीय दीप बहादुर विश्वकर्मालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

मानसिक सन्तुलन ठिक नभएकी ६० वर्षीया वृद्धामाथि जबरजस्ती करणी गरेको आरोपमा उनलाई गत फागुन १४ गते प्रहरीले पक्राउ गरेको थियो । घटनापछि अनुसन्धान प्रक्रिया अघि बढाउँदै हिरासतमा राखिएको विश्वकर्मालाई बिहीबार ओखलढुंगा जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख मदन केसीका अनुसार प्रारम्भिक अनुसन्धानपछि अदालतले थुनामा राखेर मुद्दाको थप प्रक्रिया अगाडि बढाउन आदेश दिएको हो । प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी राखेको जनाएको छ ।