ओखलढुंगा क्याम्पसले सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क दन्त शिविर सञ्चालन गर्दै १२२ जनाको दाँत परीक्षण गरिएको छ ।
क्याम्पसको आयोजना तथा पूजा मेडिकलको प्राविधिक सहयोगमा सदरमुकामस्थित सिद्धिचरण नगरपालिका–१२ गणेश टोलमा एक दिने शिविर सम्पन्न गरिएको हो ।
शिविरमा सहभागीहरुको दाँत परीक्षण गर्दा दाँत दुख्ने, किराले खाने, गिजा सुनिने लगायतका समस्या देखिएको स्वास्थ्यकर्मीले बताएका छन् । सेवाग्राहीलाई निःशुल्क जाँचसँगै आवश्यक औषधि वितरण र स्वास्थ्य परामर्श समेत प्रदान गरिएको थियो ।
क्याम्पस प्रमुख ईश्वर तिमल्सिनाका अनुसार क्याम्पसले प्रत्येक वर्ष सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न जनहितका कार्यक्रम सञ्चालन गर्दै आएको छ । सोही कार्यक्रम अन्तर्गत यसपटक दन्त स्वास्थ्य शिविर आयोजना गरिएको उनले जानकारी दिए ।
शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको क्याम्पसले समुदायमै पुगेर निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउनु सराहनीय कार्य भएको भन्दै स्थानीयवासीले प्रशंसा गरेका छन् ।

प्रतिक्रिया