प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन खटिएका निर्वाचन प्रहरीहरूलाई औपचारिक रूपमा बिदाई गरिएको छ ।
निर्वाचन प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी एकीकृत कार्यविधि २०८२ (नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल) बमोजिम भर्ना भई नेपाल प्रहरी अन्तर्गत जिल्ला प्रहरी कार्यालय ओखलढुंगा तथा मातहत कार्यालयहरूमा परिचालित निर्वाचन प्रहरीहरूलाई निर्वाचन सम्पन्न भएपछि विहिबार बिदाई गरिएको हो ।
बिदाई कार्यक्रममा उपस्थित निर्वाचन प्रहरीहरूलाई जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख मदन केसी ले निर्वाचन सफल बनाउन उल्लेखनीय योगदान दिएको भन्दै धन्यवाद व्यक्त गर्दै प्रमाणपत्र वितरण गरेका थिए ।
त्यस्तै इलाका प्रहरी कार्यालय रामपुर र इलाका प्रहरी कार्यालय खिजीफलाट मा खटिएका निर्वाचन प्रहरीहरूलाई समेत औपचारिक रूपमा बिदाई गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
निर्वाचनको सुरक्षामा खटिएका प्रहरीहरूको समन्वय र सक्रियताले निर्वाचन प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न हुन सहयोग पुगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया