ओखलढुंगामा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । मतगणनाको सुरुमा नेकपा एमालेकी उम्मेदवार अस्मिता थापाले अग्रता लिएको भएपनि अहिले नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेल अघि लागेका हुन् ।
हालसम्म गणना भएको लिखु गाउँपालिका, सुनकोशी गाउँपालिका र खिजीदेम्बाको वडा नम्बर १ र २ को मत गणना गर्दा नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेलले ४६१२ मत ल्याएका छन् । दोस्रोमा रहेका राश्वपाका विश्वराज पोखरेलले ३६४५, एमालेकी अस्मिता थापाले ३४७८ मत ल्याएर राश्वपालाई पछ्याइरहेकी छन् । चौथो स्थानमा रहेका नेकपाका अम्बिरबाबु गुरुङले २३०६ मत ल्याएका छन् ।
ओखलढुंगामा हालसम्म १५६७७ मत गणना भईसकेको छ । त्यसमा ८३५ मत बदर भएको छ ।
वडा वडाको मतगणना भईरहेको ओखलढुंगामा अब खिजीदेम्बाका ७ वटा वडा, चम्पादेवी, मानेभञ्ज्याङ, मोलुङ, चिशंखुगढी गाउँपालिका र सिद्धिचरण नगरपालिकाको मत गणना हुन बाँकी छ ।
१ लाख २२ हजार ७ सय १५ मतदाता रहेकोमा ५९ हजार ७९ मत खसेको थियो ।
यसअघि कांग्रेस र एमालेले पालैपालो जित्दै आएको ओखलढुंगामा यो निर्वाचनमा राश्वपा र नेकपाका उम्मेदवार पनि प्रतिपर्धामा छन् ।

प्रतिक्रिया