ओखलढुंगाका १३ उम्मेदवारले छुट्टै बैंक खाता खोल्न बाँकी

भिजन समाचार
58
Shares

ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार बनेका १५ मध्ये १३ जनाले निर्वाचन प्रयोजनका लागि छुट्टै बैंक खाता खोलेका छैनन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार नेकपा एमालेकी उम्मेदवार अस्मिता थापा र मंगोल नेशनल अर्गनाइजेशनका उम्मेदवार बजेन्द्र वाम्बुले राईले मात्र बैंक खाता सञ्चालनका लागि सिफारिस लिएका छन् ।

निर्वाचन आचारसंहिता अनुसार उम्मेदवारले निर्वाचन खर्चका लागि अनिवार्य रूपमा छुट्टै बैंक खाता खोल्नुपर्ने व्यवस्था छ । निर्वाचन आयोगले बाँकी उम्मेदवारलाई पत्राचार गर्दै यथाशिघ्र बैंक खाता खोल्न आग्रह गरेको छ ।

ओखलढुंगाको निर्वाचन आचारसंहिता अनुगमन अधिकृत रोशन श्रेष्ठका अनुसार बाँकी उम्मेदवारलाई बैंक खाता खोल्न पुनः अनुरोध गरिएकाे छ ।