अगुवा कृषक मोतीराजको माेटरसाइल दुर्घटनामा मृत्यु

भिजन समाचार
658
Shares

मोटरसाइकल दुर्घटनामा परि ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–३ का अगुवा कृषक मोतीराज राईको मृत्यु भएको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका १ को मध्यपहाडी लोकमार्ग अन्तर्गत कढुवाबाट ओखलढुंगा आउँदै गरेको बागमती प्रदेश ०२–०२९ प ९७२७ नम्बरको २२० सिसिको मोटरसाइकल दुर्घटना हुदा राईको मृत्यु भएको हो ।


मोटरसाइकल अनियन्त्रित भइ सडकबाट करिब एक सय मिटर माथीबाट सडकको तल्लो घुम्तीमा खस्दा राईको टाउकोमा गम्भीर चोट लागेको थियो । उपचारको लागि जिल्ला अस्पताल रुम्जाटार ल्याइएकोमा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विक्रमबहादुर भट्टराईले जनाकारि दिए ।


राईले वैदेशिक रोजगाबाट फर्किएर विगत १० वर्ष देखि व्यवसायिक बाख्रापालन गर्दै आएका थिए । केही महिना अघि मात्र नेपाल सरकारका कृषि मन्त्री मदन परियार उनले सञ्चालन गरेको बाख्रा फार्म अनुगमन गर्न उनको घरमै पुगेका थिए ।