ओखलढुंगा एमालेका पदाधिकारीद्धारा पदबाट सामुहिक राजीनामा

भिजन समाचार
32
Shares

नेकपा एमाले ओललढुंगा जिल्ला कमिटीका सबै पदाधिकारीसहितका नेताहरुले पदबाट राजीनामा दिएका छन् । पार्टी केन्द्रले जिल्ला कमिटीका कमिटीगत निर्णयहरुमा असहयोग गरेको र प्रतिनिधिसभा निर्वाचनमा जिल्लाबाट सिफारिस भएको बाहेकका व्यक्तिलाई दिइएको प्रति असन्तुष्टि जनाउँदै एमालेका सबै पदाधिकारीहरुले राजीनामा दिएका हुन् ।

पदबाट राजीनामा दिनेहरुमा जिल्ला कमिटीका अध्यक्ष ज्ञानबहादुर खड्का, उपाध्यक्ष कमलप्रसाद न्यौपाने, सचिव अशोक थापा, उपसचिव राजिव कट्वाल, प्रदेश कमिटीका सदस्यहरु उमेश कार्की, इच्छाकुमारी गुरुङ, सुरेश थापा, धिरज ठटालसहितका छन् ।

राजीनामा दिँदै जिल्ला कमिटीलाई बेकामे बनाउने प्रयास गरिएकाले पदबाट राजीनामा दिएर मार्गप्रसस्त गरिएको अध्यक्ष खड्काले बताए । खड्कासहितका नेताहरुले एमाले परित्याग गरेर नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेका पुराना एमालेका नेता अम्बिरबाबु गुरुङलाई सघाउने उद्घोष गरेका छन् ।

अध्यक्ष खड्का, उपाध्यक्ष न्यौपाने, सचिव थापा, उपसचिव राजिव कट्वालसहितका नेताहरु आजै नेकपामा प्रवेश गर्ने तयारीमा छन् ।