ओखलढुंगाको सिद्धिचरण नगरपालिका–११ रमाइलो डाँडा नजिक सिद्धिचरण लोकमार्गमा अटो र स्कुटर ठोक्किँदा दुई जना घाइते भएका छन् ।
सोमबार बिहान करिब ९ बजे रमाइलो डाँडाबाट मिलनचोकतर्फ आउँदै गरेको प्र. १–०२–००४ ह ४५७० नम्बरको अटो र मिलनचोकबाट रमाइलो डाँडातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०४७ प ६२६९ नम्बरको स्कुटर एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा अटो चालक मोलुङ गाउँपालिका–७ पात्ले निवासी २८ वर्षीय सुरज विक र स्कुटर चालक सिद्धिचरण नगरपालिका–११ का ३६ वर्षीय सुरज ताम्राकार घाइते भएका छन् ।
अटो चालक विकको अनुहारमा चोट लागेको भए पनि अवस्था सामान्य रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । स्कुटर चालक ताम्राकारको दाहिने आँखा र खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ ।
घाइते दुवै जनालाई उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पताल पठाइएको छ ।
दुवै सवारी साधन जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगा नियन्त्रणमा लिइएको र हाल उक्त सडकखण्डमा सवारी आवागमन सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया