जिल्ला प्रशासन कार्यालय ओखलढुंगाबाट हालसम्म आठ जनाले गैर–आवासीय नेपाली (एनआरएन) नागरिकता लिएका छन् ।
लामो समयदेखि विदेशमा बसोबास गर्दै आएका नेपालीहरूले उक्त नागरिकता लिएका हुन् । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रोशन श्रेष्ठका अनुसार गैर–आवासीय नेपाली नागरिकता वितरण सुरु भएयता आठ जनाले यो प्रकृतिको नागरिकता प्राप्त गरेका छन् । नागरिकता लिनेमा सात जना पुरुष र एक जना महिला रहेका छन् ।
ओखलढुंगामा आर्थिक वर्ष २०७९/०८० देखि गैर–आवासीय नेपाली नागरिकता वितरण सुरु गरिएको हो । सरकारले गैर–आवासीय नेपालीलाई नागरिकता प्रदान गर्ने व्यवस्था लागू गरेपछि खिजीदेम्बाकाे एक युवकले जिल्लाबाट पहिलोपटक गैर–आवासीय नेपाली नागरिकता लिएका थिए ।
नेपाल नागरिकता ऐनको तेस्रो संशोधन कार्यान्वयनमा आएपछि गैर–आवासीय नेपाली नागरिकता प्रदान गर्न थालिएको हो । नेपालको संविधानको धारा १४ मा गैर–आवासीय नेपालीलाई नागरिकता प्रदान गर्न सकिने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया